दफा ११८
मिलापत्र गर्दाको कार्यविधि
(१) दफा ११७ बमोजिम मुद्दामा मिलापत्र गर्न चाहेमा पक्षहरुले वादी दावीभित्र सिमीत रही मिल्न खोजेको व्यहोरा खुलाई दुवै पक्षले सहीछाप गरी अदालतमा संयुक्त निवेदन पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मिलापत्र गर्ने व्यहोराको निवेदन अदालतमा पर्न आएमा अदालतले त्यस्तो निवेदन पढेर सुनाई त्यस बमोजिम राजिखुशीले मिलापत्र गर्न चाहेको हो वा होइन भनी त्यस्तो निवेदन पेश गर्ने पक्षहरुलाई सोध्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सोध्दा राजिखुशीले मिलापत्र गर्न चाहेको हो भन्ने जवाफ पक्षहरुले दिएमा संयुक्त निवेदन पत्रमा उल्लेख भए बमोजिमका शर्तहरुको अधीनमा रही मिलापत्रको लिखत तयार गरी पक्षहरुको सहीछाप गराई मुद्दा हेर्ने न्यायाधीशले आफ्नाे समेत सहीछाप गर्नु पर्नेछ ।
(४) यस परिच्छेद बमोजिम मिलापत्र गर्दा वारिसनामा दिई मिलापत्र गर्ने अधिकार दिएकोमा सोही बमोजिम र वारिसनामामा वारिसलाई त्यस्तो अधिकार नदिएकोमा वारिस मार्फत् मिलापत्र गर्दा त्यस्तो व्यहोरा उल्लेख भएको पक्षको मञ्जुरीनामा पेश गर्नु पर्नेछ।